ललितपुरस्थित नापीचन्द्र महाविहारको नवनिर्मित भवन उद्घाटन

नेपालको सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदानअन्तर्गत करिब ३ करोड ५० लाख रूपैयाँको लागतमा निर्मित ललितपुरस्थित नापीचन्द्र महाविहारको नयाँ भवन उद्घाटन गरिएको छ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सोमबार संयुक्त रूपमा भवनको उद्घाटन गरेका हुन्।

सो समारोहमा ललितपुर विकास समाजका अध्यक्ष बुद्धिराज बज्राचार्य, स्थानीय समुदायका प्रतिनिधि, परियोजना व्यवस्थापन परामर्शदाताका प्रतिनिधिका साथै नेपाल सरकार र भारतीय दूतावासका पदाधिकारीहरूको पनि उपस्थिति थियो।

नेपालको सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदानअन्तर्गत यो परियोजनाको निर्माण भएको हो।

२०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्याएको नापीचन्द्र महाविहारको भारत सरकारले उपलब्ध गराएको करिब ३ करोड ५० लाख रूपैयाँ अनुदान सहयोगमा निर्माण भएको हो।

 नेपाल सरकार शहरी विकास तथा भवन निर्माण विभागको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) ले यो परियोजनाको कार्यान्वयन गरेको हो।

उद्घाटन समारोहमा बोल्दै राजदूत श्रीवास्तवले भारत र नेपालबीचको विकास सहकार्यका विभिन्न पक्षबारे चर्चा गर्दै यो सहकार्य दुई देशबीचको द्विपक्षीय साझेदारीको महत्त्वपूर्ण पक्षको रूपमा रहेको उल्लेख गरे।

मेयर महर्जनले ललितपरका साथै आम रूपमा नेपालको सांस्कृतिक परियोजना निर्माणमा सहयोग गरेकोमा भारत सरकारलाई धन्यवाद दिए।

भारतले विगतमा पनि सांस्कृतिक सम्पदा क्षेत्रको पुनस्र्थापनाका लागि नेपालसँग मिलेर काम गरिसकेको छ। यो हातेमालोले दुई देशबीचको मैत्री सम्बन्धलाई मजबुत बनाउनुका साथै साझा सांस्कृतिलाई पनि प्रतिबिम्बित गर्ने काठमाडौंस्थित भारतीय राजदूतावासको भनाइ छ।

यसैअनुरूप भारत सरकारले नेपालका सात जिल्लामा रहेका २८ वटा सांस्कृतिक सम्पदाको संरक्षणका लागि काम गर्ने प्रतिबद्धता जनाएको छ। यसका अतिरिक्त भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत भारत सरकारले गोरखा र नुवाकोट जिल्लामा ५०,००० वटा निजी आवास, आठ जिल्लाका ७१ वटा शैक्षिक संस्था, र दश जिल्लाका १३२ वटा स्वास्थ्य सुविधाको पुनर्निर्माणमा सहयोग गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर