कोशी प्रदेश

दोस्रो पटक गुम्यो उद्धव थापाको मुख्यमन्त्री पद, हिक्मत कार्कीलाई नियुक्त गर्न आदेश

सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मत बदर गर्ने फैसला सुनाएको छ। योसँगै थापाले दोस्रो पटक मुख्यमन्त्री पद गुमाएका छन्।

न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको इजलासले बिहीवार यस्तो फैसला सुनाएको हो।

थापाले लिएको विश्वासको मत संविधानसम्मत नभएको ठहर गर्दै सर्वोच्चले नेकपा (एमाले) का नेता हिक्मतकुमार कार्कीले दर्ता गरेको रिट जारी हुने फैसला सुनाएको हो।

सर्वोच्चले प्रदेशको मुख्यमन्त्रीमा सबैभन्दा ठूलो दलको नेता कार्कीलाई ४८ घण्टाभित्र नियुक्त गर्नसमेत आदेश दिएको छ।

संविधानको धारा १६८को उपधारा २ अनुसार थापाले विश्वासको मत पाउन नसकेकाले उपधारा ३ अनुसार धेरै सांसद भएको दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको नाममा आदेश जारी गरेकाे हाे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर