नेपालमा आर्थिक क्रान्ति सम्भव छ : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा आर्थिक क्रान्ति सम्भव भएको बताएका छन्।

सोमबार काठमाडौंमा ११० औं बीपी जन्मजयन्तीको अवसरमा आयोजित राष्ट्रिय कार्यशाला गोष्ठीमा उनले आर्थिक परिवर्तनमा उत्पादनको बहार निजी क्षेत्र हुनुपर्ने बताए।

‘नेपालको आर्थिक क्रान्ति सम्भव छ। तर हाम्रो आत्माविश्वास बढाउनुपर्छ। आर्थिक परिवर्तनको उत्पादनको बहार निजी क्षेत्र हुनुपर्छ। त्यसमा सरकारले सहयोगी भूमिका, सहजकर्ताको भूमिका र प्रतिस्पर्धा सुनिश्चिता सरकारले गर्छ।’

शिक्षा, स्वास्थ्य र उत्पादनमा सरकारले अझै लगानी गर्नुपर्ने उनको भनाइ छ। उत्पादन र वितरणको नेतृत्वमा सरकारले गर्ने बताएका उनले आफ्नै देशमा उत्पादन बढाएर रोजगारीको अवस्था सिर्जना गर्नुपर्ने बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर