आत्महत्या रोक्न प्रहरीद्वारा लघु चलचित्र प्रदर्शन (लघु चलचित्रसहित)

जिल्ला प्रहरी परिसर, ललितपुरले आत्महत्या रोकथामका लागि सचेतनामूलक लघु चलचित्र प्रदर्शन गरेको छ।

विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आत्महत्या न्यूनीकरणसम्बन्धी जनचेतनामूलक लघु चलचित्र ‘माया जाल’ प्रदर्शन गरिएको हो।

परिसरको आयोजनामा सोमबार ललितपुरकाे झम्सिखेलस्थित हेरिटेज गार्डेनमा लघु चलचित्र प्रदर्शन गरिएको हो।

उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले कार्यक्रमको उद्घाटनका साथै उक्त चलचित्र निर्माणमा सहयोग गर्ने प्रभु बैंक लिमिटेड, नेपाल मेडिसिटी अस्पताल र शुभ मिडिया प्रालिलाई प्रशंसापत्र प्रदान गरेका थिए।

सामुदायिक प्रहरी सेवा केन्द्र सानेपाका अध्यक्ष दान थापामगर र ललितपुरका प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितले कार्यक्रममा मन्तव्य दिएका थिए।

यस्तै जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहले आत्महत्या रोकथाम र नियन्त्रणमा लघु चलचित्रको भूमिकामाथि प्रकाश पारेका थिए।

कार्यक्रममा २५० जनाको सहभागिता रहेको थियो। उक्त कार्यक्रम दिउँसो ३ बजेबाट सुरू भई ४:१० बजे सकिएको थियो।

हेर्नुहाेस् लघु चलचित्र

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *