त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिरबाट एक किलो सुन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिरबाट एक किलो अवैध सुन बरामद भएको छ।

हिमालय एयरलाइन्सको उडानबाट दुबईबाट आएका काभ्रेका बाबुलाल दोङसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।

दोङले दुबईबाटै सुन लिएर आएको र सोको व्यवस्थापनमा अन्य दुई जना खटिएको खुलेपछि उनीहरू तीनै जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

उक्त सुन भन्सार जाँचपास भएर बाहिरिँदै गर्दा बरामद भएको हो।

यसबारे थप अनुसन्धान भइरहेको एक प्रहरी अधिकृतले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर