प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच हाङजाओमा भेटवार्ता हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग हाङजाओमै भेटवार्ता गर्ने तय भएको जानकारी दिएका छन्।

आफ्नो आसन्न चीन भ्रमणबारे संसदलाई जानकारी दिँदै उनले चिनियाँ राष्ट्रपति सीसँग हाङजाओमै भेटवार्ता हुने बताएका हुन्।

२५ सेप्टेम्बरमा आफ्ना चिनियाँ समकक्षीसँग बेइजिङमा भेटवार्ता गर्ने तय भएको उनले सदनलाई जानकारी गराए।

लगत्तै १९ औं एसियन गेम्सको उद्घाछन समारोहमा पनि सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्री दाहालले जानकारी दिए।

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गरेर ५ असोजमा न्यूयोर्कबाटै चीन जाने कार्यक्रम छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर