विद्युत प्राधिकरणका आय संकलन काउन्टरहरू भोलि बन्द हुने

नेपाल विद्युत प्राधिकरणका आय संकलन काउन्टरहरू भोलि बन्द हुने भएका छन्।

प्राधिकरणले सूचना जारी गर्दै असोज १ गते विश्वकर्मा पूजा भएकाले आय संकलन काउन्टरहरू बन्द हुने जानकारी दिएको हो।

विश्वकर्मा पूजाको दिन मेसिनरी पार्टपुर्जाको पूजा गर्ने चलन भएको हुदाँ उक्त दिन काउन्टरहरू बन्द गर्न लागिएको हो।

विश्वकर्मा पूजाको खर्च संकलन र प्रसाद वितरणका लागि भन्दै प्राधिकरणका कर्मचारीबाट दुई सय रूपैयाँका दरले रकम संकलनसमेत गरिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर