
प्रधानमन्त्री दाहाल न्यूयोर्कमा


संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आइतबार अमेरिका पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विमानस्थलमा स्वागत गर्दै संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा। तस्बिर : प्रदीपराज वन्त
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाको न्यूयोर्क पुगेका छन्।
प्रधानमन्त्री प्रचण्डको टोलीलाई जोन एफ केनेडी इन्टरनेशल एयरपोर्टमा संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापाले स्वागत गरेका छन्।
संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेका प्रधानमन्त्रीको टोली आइतबार न्यूयोर्क पुगेको हो।
प्रधानमन्त्री प्रचण्डले असोज ४ गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने छन्।
प्रधानमन्त्री प्रचण्ड असोज ५ गते अमेरिकाबाटै चीन जाने कार्यक्रम छ।
चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार, यातायात, कृषिलगायत विषयमा दुई पक्षीय छलफल र समझदारी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया