एनएमबी बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक, ग्राहकलाई बुद्ध एयरको हवाई टिकटमा १० प्रतिशत छुट

एनएमबी बैंक लिमिटेड र बुद्घ एयरले एनएमबी बुद्घ भिसा डेबिट कार्ड सार्वजनिक गरेको छ। सो कार्डले ग्राहकहरूको यात्रालाई अझै सहज बनाउने विश्वास एनएमबी बैंक र बुद्घ एयरले लिएको छ।

को-ब्रान्डेड डेबिट कार्डका ग्राहकहरूले काठमाडौँ उपत्यकाभित्र रहेका बुद्घ एयरका तीन काउन्टरहरू, एयरपोर्ट, सिनामंगल र जावलाखेलबाट हवाई टिकट खरिद गर्दा हवाई भाडामा १० प्रतिशत छुट पाउनेछन्। यसका साथै ग्राहकहरूले आन्तरिक टर्मिनलबाट यात्रा गर्दा थप ५ किलो सामान निःशुल्क लान सक्नेछन्।

एनएमबी बुद्घ भिसा डेबिट कार्ड प्रयोेग गर्ने ग्राहकहरूलाई शतप्रतिशत भाडा (१००% क्याशब्याक ) फिर्ता गर्नु यस कार्डको मुख्य विशेषता हो र नेपालको जुनसुकै कुनामा रहेका एटीएमबाट निःशुल्क नगद झिक्ने सुविधासमेत यस कार्डका प्रयोगकर्ताहरूलाई प्रदान गरिएको छ।

एनएमबी बैंकले हाल देशभरि २०१ शाखाहरू, १४६ एटीएमहरू र १२ एक्सटेन्सन काउन्टरहरूमार्फत आफ्नोसेवा प्रदान गदै आइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर