सन्दीप लामिछानेविरूद्धको मुद्दाको पेसी आज

नेपाली क्रिकेटर सन्दीप लामिछानेविरूद्धको बलात्कार मुद्दा सुनुवाइको पेसी आजका लागि तोकिएको छ।

यसअघि काठमाडौं जिल्ला अदालतमा सुनुवाइका लागि न्यायाधीश अभाव भएपछि सोमबार स्थगित भएको मुद्दा आजका लागि पेसीमा राखिएको हो।

त्यसअघि भदौ २१ गतेको सुनुवाइमा न्यायाधीश शकुन्तला कार्कीले मुद्दा हेर्दाहेर्दैमा राख्ने प्रस्ताव गरेकी थिइन्।

त्यसपछि सन्दीपका अधिवक्ता सरोज घिमिरेले बसाइँ सर्नुअघिको नगरपालिकाको अभिलेखमा पीडितको यकिन जन्ममिति हुन सक्ने भन्दै कागजात मगाउन माग गरेका थिए।

उक्त मागबमोजिम न्यायाधीश कार्कीको इजलासले फेरि पीडितको जन्मदर्ता मगाउन आदेश दिएको थियो।

चीनको हाङ्झाउमा जारी १९ औं एशियाली खेलकुदमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गर्ने दिन (आज) नै आफूविरूद्ध मुद्दाको पेसी परेपछि लामिछाने सँगै जान नपाउने भएका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर