सन्दीप लामिछानेविरूद्धको मुद्दाको सुनुवाइ फेरि स्थगित

क्रिकेटर सन्दीप लामिछानेविरूद्धको बलात्कार मुद्दामा सुनुवाइका लागि आज पेसी तारिख तोकिए पनि सुनुवाइ हुन सकेन।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश अभाव भएपछि सो मुद्दा पेसी नचढी स्थगित भएको हो।

न्याय परिषदले हालै केही न्यायाधीशको सरूवा गरेको छ भने केही उच्च अदालतमा बढुवा भएका छन्।

सरूवा भएर गएकाहरूले मुद्दा नहेर्ने र आउनुपर्ने आइनसकेका कारण सीमित न्यायाधीशले मुद्दा हेर्न नभ्याएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *