
कोशी प्रदेशमा मन्त्रिपरिषद विस्तार हुँदै, को-को बन्दैछन् मन्त्री?

कोशी प्रदेश सरकार विस्तार हुने भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका हुन्।
मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषदमा पाँच जना मन्त्री थप्ने तयारी गरेको जनाइएको छ।
चर्चामा रहेका मन्त्री बन्ने नेताहरूमा मोरङका लीलाबल्लभ अधिकारी, सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, सुनसरीका रामप्रसाद मेहता र धनकुटाका निरन राई छन्। उनीहरू नेकपा (एमाले) का सांसद हुन्।
यसअघि एमालेबाट तिलकुमार मेन्याङ्बो, पीके राई, एकराज कार्की, सिर्जना राई मन्त्री भइसकेका छन्।
संविधानको धारा १६८ ९३० अनुसार बनेको नेकपा (एमाले) को अल्पमतको सरकारले असोज २० सम्म विश्वासको मत लिइसक्नुपर्नेछ।
- एआईजीमा बढुवा भएका ६ जनालाई दर्ज्यानी चिह्न प्रदान
- यस्तो छ माधव नेपालले प्रधानमन्त्रीलाई बुझाएको मागपत्र (पूर्णपाठ)
- नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, प्रतिव्यक्ति आय १ हजार ५ सय १७ हुने अनुमान
- हृदयेन्द्रलाई प्रधानमन्त्रीको सुझाव– कला क्षेत्रमा लागे राम्रै हुन्छ, राजा हुने सपना देखे सपनामै जिन्दगी जाला
प्रतिक्रिया