सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस

सुन तस्करी प्रकरणको अनुसन्धानका लागि थुनामा रहेका प्रतिवादीहरुको थुनछेक बहस आज सुरु हुँदैछ ।

जिल्ला अदालत काठमाडौँले करिब ६१ केजी सुन तस्करी प्रकरणका प्रतिवादीहरुसँगको बयान हिजो सकिएपछि आजबाट थुनछेक बहस गर्न लागेको हो ।

हाल प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको बहस मंगलबार सकिएकाले आजबाट थुनछेक बहस सुरु हुन लागेको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

सुन तस्करी प्रकरणमा सरकारी वकिलको कार्यालयले प्रतिवादीहरुलाई थुनामा राखेर छानबिन गर्न आदेश माग गर्ने उनले बताए ।

सुन प्रकरणमा पक्राउ पर्नेहरूमा बेल्जीयम नागरिक दावा छिरिङ, टीयान मि, वेन तोङ, डीङ सेग्फा, ली–नेङकाई, याओ पुचेङ, ली वेन सुङ र गणेश पौडेल, राम कुमार भुजेल, दिलीप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जीक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली, सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, रहेका छन्।

-नेपाल न्युज बैंक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *