एमाले बागमती अधिवेशन : सहमतिकाे प्रयास जारी, भोलिलाई सारियो मतदान

नेकपा (एमाले) बागमती प्रदेश कमिटीको नेतृत्व चयनका लागि आज मतदान नहुने भएको छ ।

भोलि बिहान ८ बजेबाट मतदान प्रक्रिया सुरू हुने प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए ।

अझै सहमतिको प्रयास जारी भएको भन्ने आग्रहका आधारमा भोलिसम्मका लागि मतदानको कार्यक्रम स्थगित गरेको उनले बताए ।

अहिले सहमतिको प्रयास जारी भएकाले आज राति ९ बजे अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ ।

भोलि बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ ।

अध्यक्षमा उम्मेदवारी दिएका कैलाश ढुंगेल र कृष्णप्रसाद दाहाल अझै आफ्नो अडानबाट पछि नहटेपछि सहमतिको प्रयास सफल नभएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *