प्रधानमन्त्री दाहाल र चिनियाँ कम्युनिष्ट पार्टीका सिचुआन प्रान्त सचिवबीच भेटवार्ता

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टी सिचुआन प्रान्तका सचिव एवं सिचुआन प्रान्तीय जनकांग्रेसका स्थायी कमिटीका अध्यक्ष वाङ सियाओहुई नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच द्विपक्षीय भेटवार्ता भएको छ।

भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सी, प्रधानमन्त्री लीसहितको उच्चस्तरीय भेटवार्ता र दुई देशको तर्फबाट जारी विज्ञप्तिको स्मरण गरे।

उनले छुङकिङ, तिब्बत र सिचुआनको भ्रमण र पार्टी प्रमुखहरूसँगको भेटवार्ताले सहमति कार्यान्वयन र दुई देशबीच नयाँ र उच्चस्तरको सम्बन्ध विकासमा नयाँ कोसेढुंगा बन्ने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री प्रचण्डले नेपाल र चीनबीच सम्पन्न नयाँ व्यापार सन्धिले नेपाल अब भूपरिवेष्ठित देश होइन भू-सम्बन्ध जोड्ने देश भएको बताए।

सो क्रममा सीपीसी सिचुआन प्रान्तका सचिव वाङले प्रचण्ड चीनको असल साथी भएको र उनको नेतृत्वमा नेपाल-चीन सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे।

नेपाल र चीनबीच भएको समझदारी कार्यान्वयन गर्न आफूहरू प्रतिबद्ध रहेको समेत वाङले बताए।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल भोलि (शनिबार) छेन्दुबाट नेपाल फर्किने कार्यक्रम रहेको छ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर