अभिनेता अनमोल केसी पक्राउ

अभिनेता अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई भक्तपुरको साँगाबाट पक्राउ गरेको कार्यालयका एक प्रहरी अधिकृतले बताए।

‘रावायण’ चलचित्रमा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरूद्ध दिएको आपराधिक विश्वासघातको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनीमाथि १ करोड १५ लाख रूपैयाँको आर्थिक विश्वासघात गरेको आरोप रहेको प्रहरीले जनाएको छ।

उनले फिल्म ‘रावायण’ मा अभिनय गर्न सहमत हुँदै १० लाख रकम लिएको र उनी सहमत भएपछि अन्य कलाकारहरूसहित गरेर निर्माण प्रक्रियामा एक करोड १५ लाख खर्च भइसकेपछि फिल्म खेल्न अस्वीकार गरेको भन्दै उनीविरूद्ध प्रहरीमा उजुरी परेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर