नेपालमा १० लाख भारतीय रुपैयाँ बोकेर आएका तीन भारतीय पक्राउ

सशस्त्र प्रहरी बल, नेपालले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ डण्डाबाट आइतबार १० लाख भारतीय रुपैयाँसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएकाहरु भारतको महाराजगंज जिल्ला सुनौली ग्रामपंचायत २० सुनौली बस्ने ३८ वर्षिय राजु कौशल, गोरखपुर जिल्ला हमायुपुर दक्षिण गोरखपुर बस्ने ४० वर्षिय अभिनव जैसवाल र ३४ वर्षिय आस्तिक त्रिपाठी रहेको सशस्त्र प्रहरी बल नेपालका सह प्रबक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले बेलहियाबाट भैरहवातर्फ आउँदै गरेको लु २ च ७३५० र प्रदेश ०१–०२६ च ३६५२ नम्बरको भ्यानमा सवार उनीहरुको साथमा फेला परेको हो । उनीहरुले बरामद रुपैयाँको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको बलले जनाएको हो । नियन्त्रणमा लिएका राजु कौशलको साथमा ९ लाख रुपैयाँ तथा अभिनव जैसवाल र आस्तिक त्रिपाठीको साथमा १ लाख रुपैयाँ फेला परेको डीएसपी थापाले बताए ।

पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाईएको छ । यस्तै बरामद रुपैयाँ र दुईवटै भ्यान राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाउने प्रक्रियामा रहेको बलले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर