साना बचतकर्ताहरूको लगानी सुरक्षित गर्नुपर्छ : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर बजारलाई स्वस्थकर बनाउन आवश्यक भएको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित धितोपत्र बजारको पूर्वाधार, उपकरण, लगानीकर्ताको व्यवहार र बजार स्थायित्व कार्यक्रममा उनले साना आम बचतकर्ताहरूको लगानी सुरक्षित गर्नुपर्ने बताए।

‘शेयर बजारलाई स्वस्थकर बनाउन जरूरी छ। आम लगानीकर्ता साना-साना बचतकर्ताहरू छन्, उहाँहरूको लगानी सुरक्षित गर्न आवश्यक छ,’ उनले भने।

उनले यससम्बन्धी नियम-कानून अपुरो भएको भन्दै त्यसलाई पूर्णता दिने काम भइरहेको बताए।

पहिलेको तुलनामा ब्रोकरहरू बढेका कारणले प्रतिस्पर्धाको सुरूआत गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर