प्रहरी पेट्रोल पम्प घोटालामा असई कार्की दोषी ठहर

प्रहरी कल्याण कोषद्वारा सञ्चालित नक्सालस्थित पेट्रोल पम्पमा एक करोड रूपैयाँ बढी हिनामिना गरेको आरोप लागेका सहायक निरीक्षक (असई) दिलीप कार्की दोषी ठहर भएका छन्।

विशेष अदालतका न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले कार्कीलाई सोमबार दोषी ठहर हुने फैसला सुनाएको हो। उनलाई सजाय भने निर्धारण हुन बाँकी छ।

पेट्रोल पम्पमा कार्यरत रहँदा आर्थिक वर्ष २०७४/०७५ र २०७५/७६ मा असई कार्कीले एक करोड ३ लाख ९७ हजार रूपैयाँ हिनामिना गरेको आरोप लागेको थियो।

उनले फर्जी विवरण बनाएर रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

असई कार्कीले उनी पम्पमा कार्यरत रहँदा केही व्यक्तिले भुक्तानी गरेको रकमलाई गलत प्रविष्टि गरी हुँदै नभएको कारोबारका आधारमा असुली देखाएर रकम हिनामिना गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर