मन्त्री ज्वालासँग एमसीसीकी सीईओको भेटवार्ता

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वभौम संसद् र सरकारले निर्णय गरेको एमसीसी परियोजना कार्यान्वयनमा शङ्का नगर्न आग्रह गरेका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शिष्टाचार भेटका लागि पुगेकी अमेरिकी सहयोग परियोजना एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइट र उनको प्रतिनिधिमण्डललाई मन्त्री ज्वालाले परियोजना कार्यान्वयनमा शङ्का नगर्न आग्रह गरेका हुन्।
‘नेपाल सरकार र सार्वभौम संसद्ले एमसिसी परियोजना पास गरिसकेको छ, परियोजनाको सफल कार्यान्वयनमा नेपाल सरकारले कुनै कमी गर्नेछैन,’ मन्त्री ज्वालाले भने, ‘परियोजनामा केही समस्या छन्, तर ठीक समयमा सुरु गरेर ठीक समयमा निर्माण सकेपछि अहिले उब्जिएका कतिपय समस्याहरु आफैँ हल भएर जानेछन्।’
प्रमुख कार्यकारी अधिकृत अल्ब्राइटले एमसीसी परियोजना सहज रूपमा कार्यान्वयनमा गएकाप्रति आफूलाई खुसी लागेको बताइन्। ‘एमसीसी परियोजना कार्यान्वयनको चरणमा म नेपाल आएकी छु। नेपाल सरकारको सकारात्मक धारणाले म खुसी पनि छु,’ उनले भनिन्।
सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनलगायतको उपस्थिति थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर