प्रधानमन्त्री दाहाल र एमसीसीकी सीईओबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटबीच भेटवार्ता भएको छ।

मंगलबार बिहान प्रधानमन्त्री दाहाललाई भेट्न अल्ब्राइट प्रधानमन्त्री निवास बालुवाटार पुगेकी हुन्।
उनीहरूबीच नेपाल र अमेरिकाबीचको सहकार्यका विभिन्न आयाम र एमसीसी परियोजनाबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालय जनाएको छ।

एमसीसी परियोजना कार्यान्वयनको औपचारिक सुरूआत भएको एक महिनापछि अल्ब्राइट नेतृत्वको प्रतिनिधिमण्डल आइतबार काठमाडौं आइपुगेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर