सरकारले हिंसालाई प्रोत्साहन गर्‍याे : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान दिवसको बहानामा अपराधीलाई छोडेर हिंसालाई प्रोत्साहन गरेको आरोप लगाएका छन्।

मंगलबार बसेको प्रतिनिभिसभाको बैठकलाई सम्बोधन गर्दै उनले एसिड आक्रमणको सिकार भएका पीडितलाई उपचार दिन नसक्ने सरकारले हिंसाका घटनालाई प्रोत्साहन गर्न खोजेको आरोप लगाएका हुन्।

संविधान दिवस भन्ने पारेर फागुन १ गतेको उत्सवमा एसिड प्रहार गर्ने अपराधीलाई छोडिएको उनको दाबी छ।

‘एसिड आक्रमणको सिकार भएको पीडितलाई उपचार दिन नसक्ने अनि हिंसा र त्यस्ता घट्ना प्रोत्साहन गर्न अपराधीलाई चार वर्ष पनि भएको छैन, कानून कडा ल्याइयो भनेर खुसी मनाइयो तर सरकाले अस्ति छोड्दियो,’ उनले भने, ‘फागुन १ गतेको उत्सवमा छोड्यो कि, न संविधान दिवस भन्ने पारेर छोड्यो कुन दिन त्यत्ति याद भएन।’

उनले अहिले माओवादी केन्द्रको नेतृत्वको सरकार चरम अनुत्तरदायी र गैरजिम्मेवार भएको दाबी गरे।
उनले विकासका कामहरूलाई ठप्प पार्ने, चलिरहेका आयोजनाहरू रोक्ने र भुक्तानी नदिने जस्ता काम सरकारबाट भएको टिप्पणी गरे।

उनले भने, ‘उनीहरूले बैंकको ऋण तिर्न सकेका छैनन्। सरकारले भुक्तानी दिँदैन। त्यसैले अहिले माओवादी केन्द्रको नेतृत्वको सरकार कस्ता देखिएका छन् हामी सबैलाई थाहा छ। वास्तवमै यी सरकारहरू चरम अनुत्तरदायी गैरजिम्मेवार देखिएका छन्। स्वेच्छाचारी देखिएका छन्। विकासविरोधी देखिएका छन्। विकासका कामहरूलाई ठप्प पारेका छन्। चलिरहेका आयोजनाहरू रोकिएका छन्। भुक्तानी दिएको छैन।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर