महासंघ अध्यक्ष ढकाल र इन्डोनेसियाका राजदूतबीच भेटवार्ता, भिसा र व्यापार सम्बन्धबारे छलफल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि गणतन्त्र इन्डोनेसियाका राजदूत हेरू हार्तान्तो सुबोलोबिच महासंघको सचिवालय, टेकु, काठमाडौंमा बुधबार भेटवार्ता भएको छ ।

भेटका अवसरमा दुई देशबिच आपसी सहकार्य, व्यापार अभिवृद्धि र जनस्तरसम्म सम्बन्ध विस्तारबारे छलफल भएको छ ।

उक्त अवसरमा अध्यक्ष ढकालले इन्डोनेसिया सरकारले नेपाली पर्यटकलाई दिएको अन अराइभल भिसाको व्यवस्था पुनःस्थापनाका लागि पहल गरिदिन राजदूतसँग आग्रह गरे।

इन्डोनेसियाले कोभिड महामारीदेखि नेपालीहरूलाई दिँदै आएको अन अराइभल भिसा रोकेको थियो ।

नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूतसमेत रहेका ढकालले नेपाल र इन्डोनेसियाबिच व्यापार अभिवृद्धि गर्न नेपालबाट हुने निर्यात बढाउन सहजीकरणका लागि राजदूतलाई आग्रहसमेत गरे।

उक्त अवसरमा राजदूत सुबोलोले अध्यक्ष ढकालले उठाएका विषयमा आफूले सक्दो सहयोग गर्ने र यसका लागि इन्डोनेसिया सरकारसँग कुराकानी गर्ने बताए।

उनले नेपाली पर्यटकलाई दिइएको अन अराइभल भिसाको सुविधा पुनःस्थापनाका लागि आफूले पहल गर्ने समेत बताए।

उनले नेपाली व्यवसायीले इन्डोनेसियामा धेरै वस्तुहरू निर्यात गरिरहेको बताउँदै थप निर्यातका लागि आफूले सहजीकरण गर्ने समेत बताए।

नेपाल र गणतन्त्र इन्डोनेसियाबिच सुमधुर कूटनैतिक सम्बन्ध रहेको छ । दुई देशबीचको व्यापारिक सम्बन्ध पनि बढ्दो क्रममा रहेको छ । े

नेपालले कार्पेट, चिया तथा टेक्टटाइलजस्ता वस्तुहरू इन्डोनेसियामा निर्यात गर्छ भने इन्डोनेसियाबाट पाम आइल, मसिनरी र इलेक्ट्रोनिक्स सामग्रीहरू आयात गर्ने गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर