प्रधानसेनापति र बेलायतका राजदूतबीच भेटवार्ता, प्रधानसेनापतिको आसन्न बेलायत भ्रमणबारे छलफल

प्रधानसेनापति प्रभुराम शर्मा र बेलायतका राजदूत रब फिनबिच शिष्टाचार भेटघाट भएको छ।

बुधबार प्रधानसेनापतिको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धका साथै प्रधान सेनापतिको आसन्न बेलायत भ्रमणका विषयमा छलफल भएको छ।

प्रधानसेनापति प्रभुराम शर्मा र बेलायतका सेना प्रमखु चिफ अफ द जनरल स्टाफ जनरल सर प्याट्रिक सान्डेर केसीबी, सीबीई, डीएसओ, एडीसी जेनको औपचारिक निमन्त्रणामा यही असोज २१ गतेदेखि ६ दिने भ्रमणका लागि बेलायत प्रस्थान गर्ने नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर