सरकारलाई थोरै स्रोत साधानले धेरै काम गर्नुपर्ने चुनौती र दबाब छ : अर्थमन्त्री महत

अर्थमन्त्री प्रकाशशरण महतले सरकारलाई थोरै स्रोत साधानले धेरै काम गर्नुपर्ने चुनौती रहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित सार्वजनिक–निजी साझेदारीमार्फत नेपालमा एचपीभी खोपको प्रवर्द्धन कार्यक्रममा उनले थारै स्रोत र साधनलाई प्राथमिकताको आधारमा प्रयोग गर्नुपरेको बताए।

उनले भने, ‘स्वास्थ्यको विषयमा कुरा गर्दा आवश्यकता अत्यन्त धेरै स्रोत र साधन भने न्यून छ। थारै स्रोत र साधनलाई प्राथमिकताको आधारमा प्रयोग गर्नुपर्ने चुनौती सरकारको अगाडि छ।’

उनले पाठेघरको मुखको क्यान्सर उन्मूलन गर्न एचपीभी खोप हरेक महिला दिदीबहिनीहरूको पहुँचमा पुर्‍याउन आवश्यक भएको बताए।

स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने कुरामा थप दबाब बढेको उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर