
शिक्षामा व्यापारीकरण देशको दुर्दशाको प्रमुख कारण हो : चित्रबहादुर केसी


फाइल तस्बिर।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिले देशमा शिक्षामा व्यापार भइरहेको आरोप लगाएका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा शिक्षा ऐन, २०८० माथिको सामान्य छलफलमा भाग लिँदै उनले देशको दुर्दशा हुनुको कारण नै शिक्षा प्रणालीको खराबी र शिक्षामा व्यापार भएको बताए ।
उनले भने, ‘हामी सबैलाई महसुस भएको छ, आज देशको यो दुर्दशा हुनुको कारण नै शिक्षा प्रणालीमा भएको खराबीले हो। तर, मुख्य खराबी के भने शिक्षामा व्यापार भयो। शिक्षा स्वास्थ्य रोजगारीको जिम्मा जुन देशको सरकारले लिँदैन त्यो देशको कति विकास भएको छ?’
उनले आज शिक्षामा निजीकरण, व्यापारीकरण गरेकालाई नै मन्त्रीसम्म बनाउने गरेको भन्दै आपत्ति जनाए। यदि देशलाई ठीक ठाउँमा लैजाने हो भने शिक्षाको जिम्मेवारी राज्यले लिनुपर्ने उनको भनाइ छ।
- नयाँ नापी ऐन ड्राफ्ट भइसक्यो, भूमि ऐन बनाउन समिति बनाएका छौँ : बलराम अधिकारी
- प्रधानमन्त्रीले शिक्षकहरूको मागलाई कुल्चिए, माओवादी अवसरवादी हो : झलनाथ खनाल
- प्रधानमन्त्री बन्नेहरूलाई काम गर्न नसके कान समातेर उठबस गर्ने वाचा खुवाउनुपर्छ : वामदेव गौतम
- देश डुबे पनि दलाल पुँजीपतिहरू फाइदामा छन् : घनश्याम भुसाल
प्रतिक्रिया