स्याङ्जाको चापाकोट नगरपालिकाका सिनियर अहेवविरूद्ध ९० लाख गैरकानूनी आर्जनको मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा स्याङ्जाको चापाकोट नगरपालिकाका सिनियर अहेव बिन्दु कोइरालाविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

आयोगले कोइरालाविरूद्ध ९० लाख ३९ हजार छ सय २० रूपैयाँ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप लगाएको छ। सिनियर अहेव कोइरालाले सरकारी सेवामा रहेको २०५४ कात्तिक ५ गतेदेखि २०७८ मंसिर १ गतेसम्म उक्त रकम बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको अख्तियारले जनाएको छ।

सो अवधिमा कोइरालाले दुई करोड ९७ लाख ८१ हजार आठ सय दुई बराबरको आयआर्जन गरेको पाइएको छ। यस्तै तीन करोड ८८ लाख २१ हजार चार सय २२ बराबरको खर्च तथा लगानी गरेको अनुसन्धानको क्रममा फेला परेको आयोगले जनाएको छ।

कुल आयभन्दा खर्च तथा लगानी बढी रहेको तथा त्यसको स्रोतसमेत नखुलेको पाइएपछि आयोगले मिहिन रूपमा छानबिन गर्दा अनियमितता देखिन गएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।

सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदीय दुरूपयोग गरी गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती गीता कोइरालाको नाममा बैंकमा जम्मा गरेको पाइएको छ।

स्रोत पुष्टि हुन नसकेको सम्पत्ति जफत गरी बिगोबमोजिम कारबाहीको मागदाबी गर्दै मुद्दा दायर गरिएको प्रवक्ता दाहालले जानकारी दिए।

आयोगले अहेव कोइराला र श्रीमती गीताविरूद्ध बिगोबमोजिम कारबाहीको मागदाबी गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर