ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाल पक्राउ

ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाल पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई शुक्रबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार फिल्मको पाइरेसी र ठगी मुद्दामा उनलाई पक्राउ गरिएको हो।

चलचित्र ‘प्रसाद २’ का निर्माता सुवास बस्नेतले आफ्नो अनुमतिबिना अग्रवालले फिल्म बाहिर प्रदर्शन र प्रचारप्रसार गराएकाले आफूलाई ठूलो घाटा भएको भन्दै उनीविरूद्ध उजुरी दिएका थिए।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर