डेंगु नियन्त्रणमा प्रदेश र संघीय सरकारको ध्यान गएन : स्वर्णिम वाग्ले

रास्वपाका सांसद डा. स्वर्णिम वाग्लेले डेंगु नियन्त्रण गर्न संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले तनहुमा डेंगु बढेको र औषधोपचारका लागि आवश्यक मेडिकल सामग्रीसमेत सरकारले उपलब्ध नगराएकोप्रति आक्रोश पोखे।

उनले भने, ‘औसत १०० जनाको डेंगु परीक्षण हुँदा ६०/७० प्रतिशत पोजेटिभ आइराखेको छ। डेंगु कीट र ब्लड काउन्ट गर्ने आधारभूत सामग्रीहरू पनि व्यक्तिगत पहलमा सांसदले पठाइदिनुपर्ने अवस्था आएको छ। प्रदेश सरकार र संघीय सरकारको यसप्रति ध्यान जाओस्।’

साथै उनले वैदेशिका रोजगारीमा गर्मी ठाउँमा काम गरेर फर्किएकामा मृर्गौलासम्बन्धी रोगका कारण पीडित भएको प्रतिवेदन सार्वजनिक भएकोप्रति सरकारको ध्यानाकर्षण गराए।

‘राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्रमा डायलासिस गराइरहेका बिरामीमध्ये एक तिहाइ बिरामीहरू वैदेशिक रोजगारबाट फर्केका र औसतमा ४० वर्षभन्दा कम उमेर रहेको पाइएको छ। यो दर्दनाक अवस्था हो। तीमध्ये ७० प्रतिशतभन्दा बढी व्यक्तिहरूले दैनिक चरम गर्मीमा काम गरेका कारण रोगी बनेको प्रारम्भिक हाइपोथेसिस छ। तुरून्तै गरिनुपर्ने काम, विदेश जानुअघि राम्रो अभिमुखीकरण गर्नेे, डिहाइड्रेसनलगायतका कुरामा एयरपोर्टमै भए पनि बुथ राखेर श्रव्यदृश्य सामग्रीको व्यवस्था गर्नुपर्ने देखिन्छ। श्रम मन्त्रालको यसमा ध्यान जाओस्,’ वाग्लेले भने।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर