सशस्त्र प्रहरीमा एसपी र डीएसपीको विशेष पदमा बढुवाका लागि निवेदन माग

सशस्त्र प्रहरी बल, नेपालले सशस्त्र प्रहरी उपरीक्षक र सशस्त्र नायब उपरीक्षक पदमा विशेष बढुवाका लागि निवेदन माग गरेको छ । दुबै तहमा एकएक पद रहेको छ ।

बलले जिम्मेवारी बहन गर्ने क्रममा शारिरीक रुपमा अंगभंग भई अशक्त भएका सशस्त्र प्रहरी कर्मचारीहरुको बृत्ति बिकासलाई मध्यनजर गरी एक पटकको लागि मात्र एक तह पदोन्नती हुने व्यवस्था अनुसार निवेदन माग गरेको हो ।

बलको स्वीकृत संगठन तथा ब्यवस्थापन सर्वेक्षण प्रतिवेदन, २०५० मा रहेको व्यवस्था अनुसार एक पटकको लागि मात्र एक तह पदोन्नती दिई जुनसुकै कारणले उक्त पद रिक्त भए पश्चात स्वतः तल्लो पदमा कायम हुने गरी साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी उपरीक्षक पदको दरबन्दी सिर्जना भएको जनाएको छ ।

यसका लागि नियमावलीको नियम अनुसार मूल्याङ्कन फाराम भरी सूचना प्रकाशन भएको मितिले दुई दिन भित्र सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, बढुवा समितिको सचिवालयमा पेश गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *