टीभीमा लुकाएर ल्याएको आधा किलो सुनसहित विमानस्थलबाट एक जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच सय १० ग्राम सुनसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले जानकारी दिए।

मलेसियाबाट मलेसियन एयरलाइन्समा सोमबार काठमाडौं आएका धामीले टीभीको भित्रपट्टि लुकाईछिपाई ल्याएको सुन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको छ।

धामीमाथि आवश्यक अनुसन्धान सुरू गरिएको पाण्डेले जानकारी दिए। -रासस

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर