नेपालले भोलिदेखि विश्वकप छनोट खेल्दै

नेपालले भोलिदेखि सुरू हुने आफ्नो विश्वकप छनोटका लागि तयार रहेको जनाएको छ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक र कप्तान दुबैले नेपाल खेलका लागि तयार रहेको बताएका हुन्।

भालि साँझ लोओसविरूद्ध खेल्दै नेपालले विश्वकप छनोटको यात्रा सुरू गर्नेछ। यसका लागि नेपाली टिम तयार रहेको प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसेले बताए।

यो खेल आफ्ना लागि पनि अवसर भएको बताएका उनले भने, ‘यो मरो पनि पहिलो विश्वकप छनोट हाे। मैले आफ्नो तर्फबाट शतप्रतिशत दिने प्रयास गरेको छु।’

नेपाल र लाओसबीचको खेल भोलि साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। खेलको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक एनेसेले टिममा रहेका नयाँ र उर्जावान युवाहरूले राम्रो प्रर्दशन गर्नेमा आशावादी रहेको बताएका उनले भने, ‘अहिले धेरै भन्न चाहन्नँ, भोलि देखाउँछु।’

राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङले यो पटक लामो तयारी गरेको बताए। लाओसले पनि राम्रो तयारी गरेको र टिममा केही परिर्वतन ल्याएको भन्दै उनले त्रिदेशीय कपमा जस्तो नहुने बताए। चैतमा भएको त्रिदेशीय समूह चरणमा २-० ले जितेको नेपालले फाइनलमा २-१ को जित हात पारेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर