बहुमत सांसदको हस्ताक्षरसहित कोशीको मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्कीको दाबी पेस

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सांसद केदार कार्कीले दाबी पेस गरेका छन्। उनले प्रदेशसभाका बहुमत सदस्य (४७ जना) को हस्ताक्षरसहित बिहीबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरेका हुन्।

कार्कीले कांग्रेसका ८ जना र नेकपा (एमाले) का उपसभामुखबाहेक ३९ जना गरी ४७ जना सांसदको हस्ताक्षर बुझाएका हुन्।

९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार गठनका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ।

मुख्यमन्त्री हिक्मत कार्कीले गत असोज २० गते पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख खापुङले असोज २६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न समय दिएका थिए।

बिहीबार नै नेकपा (माओवादी केन्द्र) संसदीय दल नेता इन्द्र आङ्बोले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। उनले कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा संसदीय दल नेताको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर