महिलालाई सम्मान गर्न सके मात्रै कांग्रेसको भलो हुन्छ : शशांक कोइराला

नेपाली कांग्रेसका नेता शशांक कोइरालाले महिलाहरूको सम्मान गर्ने हो भने मात्रै नेपाली कांग्रेसको भलो हुने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन कार्यक्रममा उनले महिलाहरूलाई सधैं ब्याक बेन्चमा राखेको भन्दै महिलाहरूलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने बताए।

उनले भने, ‘हामीले महिलाहरूलाई सधैं ब्याक बेन्चमा राखेका छौं, त्यसैले पनि कांग्रेस तल परेको छ। महिलालाई अगाडि सार्ने, महिलालाई नै अगाडि बढाउनुपर्छ। हामीले महिलाहरूलाई अगाडि राख्नुपर्छ। आजको मितिमा पनि म भन्छु, महिलाहरूलाई प्राथमिकता दिनैपर्छ।’

उनले प्रतिशतको कुरा गरे महिलाहरूको अपमान गर्ने गरेको भन्दै प्रतिशत होइन अवसर दिनुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर