विश्वकप छनोट : जित्नै पर्ने दबाबसहित लाओसविरुद्ध खेल्दै नेपाल

काठमाडौं- विश्वकप फुटबलको एसिया छनोटमा नेपालले आज लाओसविरुद्ध खेल्दैछ। लाओसकाे राष्ट्रिय रङ्गशालामा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे शुरु हुनेछ। नेपाली टिम जित्नै पर्ने दबाबमा छ।

काठमाडौंको दशरथ रंगशालामा भएको पहिलो लेगको खेलमा दुवै टिमले १–१ गोलको बराबरी खेलेका थिए।

घरेलु मैदानमा बराबरीमा चित्त बुझाएकाले नेपाल आजको खेलमा निकै दबाबमा हुनेछ । यो खेलमा अनुकूल परिणाम नआउँदा छनोटबाट बाहिरिने भएकाले नेपालले आफूभन्दा कम वरीयताको टिमलाई हराउनै पर्ने दबाबमा छ।

पहिलो लेगमा बौनफाचन बोनकोन्गले खेलको ३३ औँ मिनेटमा गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफको तेस्रो मिनेटमा अञ्जन विष्टले बराबरी गोल फर्काएका थिए। अञ्जनको यो राष्ट्रिय टिमबाट कीर्तिमानी बराबरी १३ औँ गोल थियो । यसअघि हरि खड्का र निराजन रायमाझीले यो कीर्तिमान राखेका छन् । आजको खेलमा गोल गर्दा अञ्जन सर्वाधिक गोलकर्ता हुनेछन्।

आजको खेलमा जित हासिल गर्दा नेपाल समूह एचमा रहेका बहराईन र युएई तथा यमन र श्रीलंकाबीचको बिजेतासँग दोस्रो चरणको छनोट होम एण्ड अवेका आधारमा खेल्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर