‘रिगल’काे आममाफीविरुद्ध भारतीले पुनः सुरु गरिन् अनसन

काठमाडौं। भारती मानन्धरले पुन: रिले अनसन शुरु गरेकी छन्। श्रीमानको हत्या गरेको अभियाेगमा थुनामा रहेका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी मानन्धरले दशैँ सकिएसँगै पुन: रिले अनसन शुरु गरेकी हुन् ।

श्रीमान चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि परिवारले विरोध गर्दै आएका छन्। भारतीले आज (आईतवार) बाट माईतीघर मण्डलामा पुन: रिले अनसन शुरु गरेकी हुन् । २०७२ सालको असारमा बाँके नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो ।

जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल छुटेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर