मुगु हत्या काण्ड : एकजना शंकास्पद व्यक्ति प्रहरी नियन्त्रणमा

काठमाडौं । मुगुमा तीन बालबालिकासहित चार जनाको हत्या प्रकरणमा एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतवार मध्याह्न करिब १२ बजेको समयमा जिल्ला सदरमुकाम गमगढीस्थित बजार नजिकैबाट प्रहरीले हत्यामा संलग्न भएको हुन सक्ने आशंकामा एकजना व्यक्तिलाई नियन्त्रणमा लिएको हो। उनको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

घटनबारे अनुसन्धानका लागि ११ गते नै जुम्ला, कोहलपुर र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोलीले मुगुमा अनुसन्धान गरिरहेको छ।

शुक्रबार छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर