स्रोत नखुलेको झण्डै ११ लाख रूपैयाँसहित सप्तरीमा एक जना पक्राउ

सप्तरीमा स्रोत नखुलेको झण्डै ११ लाख रूपैयाँसहित एक जना पक्राउ परेका छन्।

छिन्नमस्ता गाउँपालिका-३ का ३९ वर्षीय जयप्रकाश यादवलाई प्रहरीले सोमाबर बिहान ९ बजे विष्णुपुर-सखडा नहर सडकखण्डबाट पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मधेस प्रदेश २-०१-००१ प ०७०८ नम्बरको मोटरसाइकलमा सवार उनलाई रोकेर जेकजाँच गर्दा मोटरसाइकलको सिट कभरभित्र स्रोत नखुलेको १० लाख ९८ हजार रूपैयाँ बरामद भएको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर