सुनसहित कतारबाट आएका पाँच जना पक्राउ

कतारबाट नेपाल आएका पाँच जनालाई प्रहरीले सुनसहित पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-९, सिनामंगल शम्भुमार्गबाट पाँच जनालाई आइतबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

कतारको उडानमार्फत नेपाल आउने केही व्यक्तिहरूले भन्सार छली अवैध रूपमा सुन ल्याएर कारोबार गर्ने गरेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भोजपुरका २४ वर्षीय अमृतधन राई, सुनसरीका ४४ वर्षीय नजिर मन्सुर, धनुषाका ४९ वर्षीय कारी इसार केबट, खोटाङका २८ वर्षीय अर्जुन भट्टराई र गोरखाका ३० वर्षीय अनिष थापा छन्।

उनीहरूबाट प्रहरीले २६ लाख ५१ हजार ८९५ रूपैयाँ बराबरको सुनको ढिक्का ३ थान (२१४.३६ ग्राम) र सिक्रीहरू ३ थान (५०.०१ ग्राम) साथै नगद १ लाख १० हजार रूपैयाँ बराबमद गरेको छ।

पक्राउ परेकाहरूलाई भन्सार ऐन, २०६४ अन्तर्गतको कसुरमा थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर