विन्दुकुमारीको ठाउँमा सञ्जिलाकुमारीलाई सांसद बनाउने जसपाको निर्णय

जनता समाजवादी पार्टीले मधेस प्रदेशसभाको समानुपातिक सांसदमा सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय गरेको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय, बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी बैठकले सञ्जिलाकुमारीको नाम पठाउने निर्णय गरेको पार्टीका कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीले जानकारी दिए ।

उनले भने, ‘सांसदको नाम पठाउने विषयमा पार्टीले सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय गरेको छ । स्वतः नियममा के छ भने क्रमशः आउँदै जान्छ खाली भएपछि, त्यो क्रमशः आउने जानेमा सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय भयो ।’

समानुपातिक सांसद विन्दुकुमारी यादवको भदौमा निधन भएपछि रिक्त पदमा यादवलाई पठाउने निर्णय भएको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर