परराष्ट्रमन्त्री साउद र अमेरिकी बिदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदले अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिङ्केनसँग भेटवार्ता गरेका छन् । अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट)मा भएको भेटवार्तामा ब्लिङ्कनले नेपालमा बलियो र सम्बृद्ध लोकतन्त्र अपेक्षा गरेको बताएका छन् ।

उनीहरुबीच द्धिपक्षीय सम्बन्ध तथा इजरायल प्यालेस्टाइन द्धन्द्धसहित अन्तराष्ट्रिय मुद्दाबारे छलफल भएको छ । नेपाली राजदुताबासका नियोग उपप्रमुख कुमार खरेलद्धारा जारी प्रेस नोट अनुसार भेटमा दुवै पक्षले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धको वर्तमान अवस्थाप्रति सन्तुष्टि व्यक्त गर्दै पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार र मजबुत बनाउने प्रतिबद्धता गरेका छन् । ‘लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणमा नेपालको प्रगतिको प्रशंसा गर्दै बिदेश मन्त्री ब्लिङ्केनले अमेरिकी सरकार नेपाललाई बलियो र समृद्ध लोकतन्त्रको रुपमा हेर्न का छन् ।  भेटवार्तापछि जारी प्रेस नोटमा भनिएको छ ।

विदेश मन्त्री ब्लिङ्केनले बेपत्ता विपिन जोशीको मुक्तिका लागि चासो व्यक्त गरेको अमेरिकी बिदेश मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । विदेश मन्त्रालयको विज्ञप्ति अनुसार अमेरिकाले नेपालको साना तथा मझौला स्तरका उद्यमका लागि नेपाली बैंकमार्फत् १२ करोड ५० लाख अमेरिकी डलर ऋण दिने भएको छ । यसको कार्यान्वयनका बिषयमा दुई मन्त्रीबीच छलफल भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर