नेपाल जलवायु परिवर्तनको असरबाट प्रभावित भए पनि कारक होइन : महासचिव गुटेरेस

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनविरूद्धको अभियानमा प्रभावकारी ऐक्यबद्धता जनाउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन्।

अन्नपूर्ण आधारशिविरको स्थलगत अवलोकनबाट फर्केपछि पोखरामा पत्रकारसँगको सङ्क्षिप्त साक्षात्कारमा उनले जलवायु परिवर्तनको असरबाट नेपाल पनि प्रभावित रहेको भए पनि जलवायु परिवर्तनका कारक तत्त्वहरूमा नेपाल जस्ता देशको योगदान भने नरहेको उल्लेख गरे ।

‘विश्वलाई म स्पष्ट रूपमा यो सन्देश दिन चाहन्छु कि प्रकृतिले झेलिरहेको यो सङ्कट रोक्न जरूरी छ,’ महासचिव गुटेरेसले भने, ‘हामीले यी सुन्दर हिमाल, हिमनदी र भूगोललाई जोगाउनै पर्छ, यसमा सबैको सहयोगको खाँचो छ ।’

उनले जलवायु परिवर्तनका कारण वातावरणीय सन्तुलन खल्बलिन गई बाढीपहिरोलगायत प्राकृतिक विपद्को नकारात्मक असर भोग्न स्थानीयवासी बाध्य हुनुपरेको बताए । महासचिव गुटेरेसले जलवायु परिवर्तनको प्रत्यक्ष असर व्यहोरिरहेका नेपाललगायत देशलाई अन्तर्राष्ट्रिय समर्थन चाहिने पनि उल्लेख गरे ।

‘जलवायु परिवर्तनको जोखिममा रहेका समुदायको रक्षाका लागि लचिलोपन निर्माण गर्न र अनुकूलन योजनाका लागि अन्तर्राष्ट्रिय सहयोगको खाँचो छ,’ महासचिव गुटेरेसले भने ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर