राष्ट्रसंघका महासचिवको सुरक्षार्थ अन्नपूर्ण आधारशिविरमा खटिएका प्रहरीका असईको लेक लागेर मृत्यु

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षार्थ अन्नपूर्ण आधारशिविरमा खटिएका प्रहरी सहायक निरीक्षक (असई) टीकाराम ढुंगानाको लेक लागेर मुत्यु भएको छ ।
आधारशिविरबाट फर्कने क्रममा स्वास्थ्यमा समस्या देखिएपछि हेलिकोप्टरमार्फत आज बिहान पोखरामा ल्याइएकामा ९:४० बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रवणकुमार विकले जानकारी दिए ।
हेलिकोप्टरमार्फत गत आइतबार आधारशिविर पुगेका ढुंगानालाई पैदल फर्कने क्रममा श्वासप्रश्वासमा समस्या देखिएको जनाइएको छ । उनी कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा रहेको प्रहरी चौकीमा कार्यरत थिए ।
महासचिव गुटेरेस मंगलबार बिहान अन्नपूर्ण आधारशिविरको भ्रमणमा गएका थिए। गुटेरेसको सुरक्षामा नेपाली सेना र नेपाल प्रहरीको टोली खटिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *