काठमाडौंको गोठाटारमा गोली चल्यो

काठमाडौंको गोठाटारमा गोली चलेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले बुधबार दिउँसो २०० ग्राम ब्राउनसुगर र पिस्ताेलसहित एक भारतीय नागरिक र एकजना नेपालीलाई गोली हानेर नियन्त्रणमा लिएको हाे।

एसपी रवीन्द्र रेग्मीका अनुसार भारतको पश्चिम बंगाल घर भएका मोहम्मद करिमलाई गोली हानेर नियन्त्रणमा लिइएको हाे। उनकाे साथबाट प्रहरीले एक थान पिस्तोल पनि बरामद गरेको छ। यस्तै काराेबारमा संलग्न रहेका हर्क लिम्बु समेत पक्राउ परेका छन् ।

दाहिने तिघ्रामा गोली लागेका उनलाई उपचारका लागि प्रहरीले तीनकुनेस्थित कान्तिपुर अस्पताल लगेकाे थियाे । एसपी रेग्मीका अनुसार घाइते करिमलाई थप उपचारका लागि बीर अस्पतालकाे ट्रमा सेन्टर लगिएकाे छ ।

घटनाका विषयमा अनुसन्धान भइरहेकाे एसपी रेग्मीले पर्दाफासलाई बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *