सरकारकै कारण सदन प्रभावकारी हुन सकेन : एमाले उपमहासचिव पौडेल

नेकपा (एमाले) का उपमहासचिव विष्णु पौडेलले सदनको प्रभावकारितामाथि प्रश्न उठाएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले के-कस्ता काम गर्ने भनेर समीक्षा गर्नुपर्नेमा सदनको प्रभावकारिता कसैको प्राथमिकतामा नपरेको बताए ।

‘चालु अधिवेशनको समापनको अवस्थामा छौं । हामीले यो समयमा के-कस्ता कामहरू गरेका छौं भनेर समीक्षा गर्ने समय हो । संसदको प्रभावकारिता धेरै महत्त्वपूर्ण विषय हो,’ उनले भने ‘यो विगतको उपलब्धिको रक्षाको लागि र नेपालको सुन्दर भविष्य निर्माणका लागि, संविधानको प्रभावकारी कार्यान्वयनका लागि यो सदनको प्रभावकारिता एउटा पूर्वशर्त हो ।’

तर सदनबाट मुलुकले प्राप्त गर्नुपर्ने उपलब्धि हासिल हुन नसकेको उनको भनाइ छ ।

‘यो सदन जति प्रभावकारी हुनुपर्ने हो, यो सदनबाट, बैठकबाट, यस अधिवेशनबाट मुलुकले जस्तो परिणाम प्राप्त गर्नुपर्ने हो, त्यो परिणाम प्राप्त गर्न सकेको छैन,’ उनले भने ‘७ महिना यो अधिवेशनको बैठक चल्यो तर ७ महिना बिताएर हामी के उपलब्धि प्राप्त गरेका छौं भनेर हेर्ने हो भने परिणाम निराशाजनक छ ।’

सदन प्रभावकारी हुन नसक्नुमा सरकार जिम्मेवार रहेको उनको आरोप छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर