शेयर बजारको ओरालो यात्रा कायमै, आज १०.८६ अंकले घट्यो नेप्से परिसूचक

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १० दशमलव ८६ अङ्कले ओरालो लागेर एक हजार आठ सय ४७ दशमलब ७० मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक दुई दशमलब १९ अङ्कले ओरालो लागेर तीन सय ५७ दशमलव ७६ मा सीमित भएको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।

कुल ३७ लाख ४९ हजार नौ सय ५४ कित्ता शेयर ९६ करोड ४४ लाख ७७ हजार सात सय ११ रूपैयाँ मूल्यमा कारोबार भयो । कारोबारका आधारमा आशा लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको १० करोड १० लाख रूपैयाँ बराबरको कारोबार भयो । यस्तै प्राइम बैंक छ करोड ४५ लाख ५२ हजार पाँच सय ५१, सोनापुर मिनरल्स चार करोड ४९ लाख ६८ हजार नौ सय सात, सोल्टी होटल दुई करोड ७९ लाख ८१ ह्जार सात सय ६४ र हाथवे इन्भेस्टमेन्टको दुई करोड ६४ लाख ३१ हजार रूपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भयो ।

नेप्सेका अनुसार, चन्द्रागिरि हिल्स छ दशमलव शून्य चार, हिमालयन लघुवित्त पाँच, एनआईबीएल प्रगति फण्ड चार दशमलव ९६, सोल्टी होटल चार दशमलव ७७ र एनआईसी एशिया ग्रोथ फण्डका लगानीकर्ताले चार दशमलव ७२ प्रतिशतले कमाएका छन् ।

यस्तै सयपत्री हाइड्रोपावर १०, रावा इनर्जी सात दशमलव ४६, बुद्धभूमि नेपाल हाइड्रोपावर पाँच दशमलव ९१, सामलिङ पावर चार दशमलव ८२ र सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले चार दशमलव ७३ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर