चित्रबहादुर केसीकाे व्यंग्य- बालकोट कौसीमा हात हल्लाउँदा ठीक, बूढानीलकण्ठमा पुग्दा धुनधान विरोध

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तामा पुग्दा राम्रो देख्ने, सत्ताबाहिर बस्दा सात्तोपुत्लो जाने प्रवृत्तिप्रति तिखो व्यंग्य गरेका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले अहिलेका शीर्ष दलहरूकै कारण प्राप्त उपलब्धिप्रति खतरा पैदा हुने चिन्ता व्यक्त गरे।

‘गणतन्त्र र लोकतन्त्रप्रति कोहीबाट खतरा छ भने हामीबाटै छ,’ उनले भने, ‘सत्तामा भएकाहरूले सबै राम्रो देख्ने। प्रतिपक्षमा पुग्नेबित्तिकै त्यसको सातोपुत्लो उड्छ। ल भन्नुस् त्यस्तो पनि हुन्छ?’

‘प्रचण्डजी बालकोट जानेबित्तिकै त्यत्रो विवाद हुँदाखेरि दुई जना चाहिँ कौसीमा बसेर हात हल्लाको हैन? फेरि उहाँ फर्केर यता चाहिँ बूढानीलकण्ठ तर आएपछि धुनधान विरोध, त्यस्तो पनि हुन्छ?,’ उनले भने।

त्यस्तै नेपालमा संघीयता जरूरी नरहेको बताएका उनले भने, ‘अब सल्लाह गरौं। संघीय प्रणालीप्रति मेरो विरोध होइन, नेपालमा हुन्न भन्या हो नि। २२ करोड जनसंख्या भएको ठाउँमा एउटै मन्त्रिमण्डल। २ करोड ९० लाख जनसंख्या भएको ठाउँमा चाँहि तपाईंको १ सय ३८ जना मन्त्रीहरू अनि सक्नुहुन्छ तपाईंहरू पैसाले?’

उनले राजनीतिलाई पैसा कमाउने भाँडो बनाएको भन्दै चर्को असन्तुष्टि पोखे।

‘जो भान्से छ उसैले चप्काउँछ बजेट हेर्नुस्। राजनीति गर्ने भनेको पैसा कमाउन हो? आफ्नालाई बनाउन हो? आफू बन्न हो?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर