टस हारेर नेपालले बलिङ गर्दै, दिपेन्द्र टिममा फर्किए

आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा नेपालले यूएईविरुद्ध टस हारेर बलिङ गर्ने भएको छ। माथिल्लो मूलपानी क्रिकेट मैदानमा यूएईका कप्तान मोहम्मद वासिमले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय लिएसँगै नेपाल फिल्डिङमा उत्रिने भएको हो।

नेपाल समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। नेपालले समूह चरणमा सिंगापुरलाई ८ र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो।

यद्यपि, अन्तिम खेलमा भने ओमानसँग ५ रनले पराजित भएको थियो। यूएई भने समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो। यूएईले बहराइन र कुवेतलाई समान ५ विकेट र हङकङलाई २२ रनले पराजित गरेको थियो।

यसैबीच, नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले यूएईविरुद्धको खेलमा एक परिवर्तन गरेका छन्। उनले सन्दीप जोरालाई बाहिर राख्दै दीपेन्द्रसिंह ऐरीलाई ‘प्लेइङ’ ११ मा राखेका छन्।

दीपेन्द्र सिंगापुरविरुद्धको पहिलो खेलअघि ‘वामअर्प’ गर्ने क्रममा घाइते भएका थिए। उनको एंगलमा चोट लागेको थियो। चोट लागेसँगै उनले समूह चरणका दुई खेल गुमाएका थिए। टोलीमा अन्य खेलाडीले भने निरन्तरता पाएका छन्। हिजोको खेलमा उत्कृष्ट प्रदर्शन गरेका विवेक यादव आज पनि प्लेइङ ११ मा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर