सरकारबाट बाहिरिए पनि एमालेले कोशी सरकारलाई दिएको समर्थन कायमै राख्ने

कोशी प्रदेश सरकाबाट बाहिरिएको नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन भने कायमै राख्ने भएको छ ।

प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार सोमबार बसेको एमाले संसदीय दलको बैठकले तत्कालका लागि समर्थन फिर्ता नलिने निर्णय गरेको हो ।

मुख्यमन्त्री केदार कार्कीले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा सहभागी गराएपछि एमालेका मन्त्री राम रानाले शनिबार राजीनामा दिएका थिए ।

एमालेको सहयोगमा कांग्रेसभित्र विद्रोह गरेर केदार कार्की २७ असोजमा मुख्यमन्त्री बनेका थिए । २८ असोजमा शपथ ग्रहण गरेका उनले सोही दिन एमालेबाट राम राना र कांग्रेस विद्रोही समूहबाट शमशेर राईलाई मन्त्री नियुक्त गरेका थिए ।

१ कात्तिका विश्वासको मत लिएका कार्कीले शुक्रबार माओवादी केन्द्रबाट गणेश उप्रेती र एकीकृत समाजवादीबाट कमलप्रसाद जवेगुलाई मन्त्री बनाएका थिए ।

मुख्यमन्त्री कार्कीले गठबन्धन दललाई सरकारमा सहभागी गराएपछि शनिबार एमाले सरकारबाट बाहिरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर