चिनिँया कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरी ५ दिने नेपाल भ्रमणमा आज आउँदै

चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ आज नेपाल आउँदै छन् ।

नेपालको पाँच दिने औपचारिक भ्रमणका लागि उनी आज नेपाल आउन लागेका हुन् ।

तिब्बतको पार्टी सेक्रेटरी छुङछेङ नेपाल भ्रमणको क्रममा द्धिपक्षीय तथा आपसी हितका बारेमा छलफल गर्नेछन ।

प्रधानमन्त्री पुष्पकमल दाहालको हालै भएको चीन भ्रमणको क्रममा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनबारे छलफल हुने जनाइएको छ ।

नेपालमा रहदा उनले प्रधानमन्त्री,रास्ट्रपति, उपराष्ट्रपति, मन्त्रीहरू, विभिन्न पार्टीका शिर्ष नेताहरुसँग भेट्वार्ता गर्ने बताइएको छ ।

वाङलाई चीन सरकारले नेपाल–चीन सम्बन्धको इन्चार्ज तोकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणपछि चीनबाट पहिलो उच्चस्तरीय प्रतिनिधिमण्डल आउन लागेको हो । प्रधानमन्त्री प्रचण्ड र तिब्बत सेक्रेटरी वाङबीच १० असोजमा तिब्बतको राजधानी ल्हासामा भेटवार्ता भएको थियो । भेटवार्तामा नेपाल र चीनबीचका परम्परागत सीमानाकाका पूर्वाधार व्यवस्थापन गर्दै क्रमशः खुला गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर